ट्रेन्डिङ

राष्ट्रिय विकास समस्या समाधान समितिको बैठक सुरू

काठमाडौं । राष्ट्रिय विकास समस्या समाधान समितिको बैठक सिंहदरबारमा सुरू भएको छ । समितिको ५३औं बैठकले विभिन्न विकास आयोजनासहित सरकारी कामकारबाहीमा परेका समस्या फुकाउन विभन्नि निर्णयहरु गर्दैछ।

प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा बसेको बैठकमा सबै मन्त्रालयहरुले गरेका कामकारवाही र समस्याहरुको समीक्षा पनि गर्नेछ । बैठकमा सबै मन्त्रीसहित सचिवहरुसहित प्रदेशका मुख्यमन्त्री र राष्ट्रिय योजना आयोगका पदाधिकारीहरु पनि सहभागी छन् ।

राष्ट्रिय विकास समस्या समाधान समिति विकास र योजना सम्बन्धी राज्यको सबैभन्दा उपल्लो मञ्च हो, जहाँ सबै सरोकारवालाले विकास र सेवा प्रवाहमा आइपरेका समस्याबारे छलफल गर्छन् र मन्त्रालयगत तथा अन्तरतह तथा निकायगत समस्याहरु समाधानका लागि निर्णयहरु लिइन्छ ।

अन्तरसरकारी समन्वयलाई थप दरिलो बनाउने भन्दै यस्तो समिति बनाइएको हो । तर, यो समितिले गरेको निणय समेत कार्यान्वयन नहुने अवस्थाका कारण यसको औचित्यमाथि नै प्रश्न उठ्ने गरेको छ ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै