चुनावी इतिहासमै चमत्कार, श्रीलंकाको कम्युनिस्ट पार्टीको संसदमा दुई तिहाइ बहुमत सीट जिते

कोलम्बो । चुनावी इतिहासमै चमत्कार गर्दै श्रीलंकाको कम्युनिस्ट पार्टी एनपीपीले संसदमा दुई तिहाइ बहुमत सीट जितेको छ ।

राष्ट्रपति अनुरा कुमारा दिशानायकेको पार्टीले नेतृत्व गरेको वामपन्थी गठबन्धनले ६३ प्रतिशत मतसहित संसदमा एकल बहुमत बनाएको हो ।

त्यहाँको कम्युनिस्ट पार्टीले प्रतिस्पर्धी गठबन्धन समागी जन बलवेगयालई निकै पछाडि छाडेको अल जजिराले जनाएको छ । २२५ सीट रहेको संसदमा यसअघि कम्युनिस्ट पार्टीको तीन सीट मात्र थियो ।

गत महिना सम्पन्न निर्वाचनमा सो पार्टीका नेता अनुरा कुमाराले कार्यकारी राष्ट्रपति जितेका थिए ।

उनले लोकप्रियताका आधारमा राष्ट्रपति जिते पनि संसदमा ३ सीटबाट बहुमत ल्याउने अनुमान कसैको थिएन ।

२२५ मध्ये ९७ सीट कम्युनिस्ट पार्टीले जितेको छ । बिहीबार सम्पन्न मतदानमा ६५ प्रतिशत मत खसेको थियो ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै