वीरगन्ज । पर्सा प्रहरीले साढे २२ किलो लागु औषध चरेससहित तीन जनालाई पक्राउ गरेको छ ।
वीरगन्ज महानगरपालिका वडा नम्बर १५ भिष्वा होटल अगाडी चालिस फिट्टे सडक एरियाबाट प्रहरीले लागु औषध चरेससहित तीन जनालाई पक्राउ गरेको हो ।
विशेष सूचनाको आधारमा इलाका प्रहरी कार्यालय श्रीपुरबाट खटिएको टोलीले बुधबार साँझ उनीहरुलाई पक्राउ गरेको पर्सा प्रहरीले जनाएको छ ।
प्रहरी नायब उपरीक्षक दीपक भारतीका अनुसार पक्राउ पर्नेहरुमा बारा सिम्रौनगढ–४ हरिहरपुर निवासी मकसुद अन्सारी, सोही ठाँउका रामलाल सहनी र भारत बिहार मोतिहारी ग्राम आदापुर बस्ने मुकेश कुमार रहेका छन् ।
पक्राउ परेकाहरुलाई जिल्ला प्रहरी कार्यालय पर्साको हिरासतमा राखिएको छ । उनीहरुमाथि लागु औषधसम्बन्धि कसूरमा मुद्दा दर्ता गरी आवश्यक अनुसन्धान गरिरहेको पर्सा प्रहरीले जानकारी दिएको छ ।