जनकपुरधाम । १६ करोड रुपैयाँ खर्चेर बनाइएको प्रसूतिगृह (बर्थिङ सेन्टर) उदघाटन भएको सात महिना पुगिसक्दा पनि प्रयोगमा आएको छैन ।
मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठान जनकपुरधाम अन्तर्गतको प्रादेशिक अस्पताल परिसरमा अमेरिकी इण्डो प्यासिफिक कमाण्ड र अमेरिकी राजदूतावासको सहयोगमा निर्मित ७० बेड क्षमताको धनुषा बर्थिङ सेन्टर १६ चैत २०८० मा उदघाटन गरिएको थियो । त्यसको शिलान्यास र उदघाटन दुवै उप्रधानमन्त्री एवम् स्वास्थ्यमन्त्री उपेन्द्र यादवले गरेका थिए ।
अहिलेसम्म बर्थिङ सेन्टर प्रयोगमा ल्याउन नसकेको मुख्य समस्या प्रादेशिक अस्पताल र बर्थिङ सेन्टरको बीचमा पर्ने बाटो भएको प्रतिष्ठानका उपकुलपति प्रा.डा. अंकुर साह बताउँछन् । जनशक्ति व्यवस्थापन, बच्चाको लागि ‘गर्भवती र प्रसूतिका बिरामीहरु वारपार गर्दा दुर्घटना हुनसक्छ ।
त्यसकारण जबसम्म बीचको बाटो बन्द गरिँदैन, तबसम्म सञ्चालन गर्न गाह्रो छ’ उनले भने । उनको भनाइमा बर्थिङ सेन्टरमा प्रयोगमा ल्याउन प्राविधिक समस्याहरु छन् । पश्चिमतिर बाह्रबिघा र पूर्वतिर देवीचोक जोड्ने बाटोको वारीपारी प्रादेशिक अस्पताल र बर्थिङ सेन्टर छन् ।
बाटो बन्द गर्ने विषयमा स्थानीय जनप्रतिनिधिसँग कुरा गर्दा उनीहरुले नमानेको प्रतिष्ठानका पदाधिकारीहरु बताउँछन् । तर अहिलेसम्म बर्थिङ सेन्टर प्रयोगमा ल्याउन नसकेको प्रतिष्ठानका उपकुलपति प्रा.डा.अंकुर साहले बताए ।