ट्रेन्डिङ

मधेसबाट को–को हुन् उपनिर्वाचनमा भिड्ने रास्वपा उम्मेदवार

धनुषा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले स्थानीय तह उपनिर्वाचनका लागि उम्मेदवार चयन गरेको छ । रास्वपाले बुधबार प्रारम्भिक निर्वाचनबाट पार्टीका उम्मेदवार चयन गरेको हो ।

मधेस प्रदेशका ४ जिल्लाबाट समेत गरी एक जना पालिका अध्यक्ष तथा ६ जना वडाध्यक्ष गरी ७ जना उपचुनावमा भिडदैछन । जसमध्ये महोत्तरी र धनुषाका लागि रास्वपाले उम्मेदवार चयन गरिसकेको छ ।

महोत्तरीमा राजेश कुमार शर्मा, धनुषामा पुरुषोत्तम यादवलाई चयन गरिएको छ ।

यसैगरी रौतहटको ३ पालिका र सप्तरीका २ पालिकामा उम्मेदवार चयन प्रक्रियामा रहेको रास्वपाले जनाएको छ ।

आकांक्षी उम्मेदवारहरूबिच छलफल र पार्टीको स्थानीय नेतृत्वको सिफारिस अनुसार प्रारम्भिक निर्वाचन गरेर पार्टीको तर्फबाट उम्मेदवार चयन गरिएको स्थानीय तह उपनिर्वाचन केन्द्रीय संयोजन समितिका संयोजक गणेश पराजुलीले जानकारी दिए ।

मंसिर १६ गते स्थानीय तहको उपनिर्वाचन हुँदैछ ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै