ट्रेन्डिङ

पर्साबाट साढे ४८ लाख मूल्य भन्दाबढीका सामानसहित ट्रक बरामद

वीरगन्ज । पर्साबाट प्रहरीले साढे ४८ लाख मूल्य भन्दाबढीका सामानसहितको ट्रक बरामद गरेको छ । विशेष सूचनाको आधारमा प्रहरीले ना ३ ख ७९१० नम्बरको ट्रक बरामद गरेको हो ।

वीरगन्जदेखि काठमाण्डौँका लागि छुटेको उक्त ट्रकबाट भन्सार छलीका ४८ लाख ५६ हजार ४३१ रुपैँया बराबरका सामान बरामद गरेकोले नियन्त्रणमा लिएको प्रहरी नायब उपरीक्षक दीपक भारतीले बताए ।

उनका अनुसार प्रहरीले ट्रकबाट खुद्रा तथा कपडाहरु बरामद गरेको हो । जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले वीरगञ्ज महानगरपालिका वडा नम्बर ८ घण्टाघर चोकबाट उक्त सामानसहितको ट्रक पक्राउ गरेको उनी बताउँछन् ।

नियन्त्रणमा लिईएको सामान सहित ट्रक आवश्यक कारबाहीका लागि राजश्व अनुसन्धान कार्यालय पथलैयामा बुझाईएको जिल्ला प्रहरी कार्यालय पर्साले जानकारी दिएको छ ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै