जनकपुरबाट स्रोत नखुलेको रकमसहित ३ जना पक्राउ

धनुषा । जनकपुरधाम उपमहानगरपालिकाबाट स्रोत नखुलेको रकमसहित ३ जना पक्राउ परेका छन । उपमहानगरको वडा नम्बर १२ कुवारामपुर बजारबाट स्रोत नखुलेको रकमसहित ३ जना पक्राउ परेका हुन ।

विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय धनुषाबाट खटिएको प्रहरीले मंगलबार दिउँसो उनीहरुलाई पक्राउ गरेको जनाएको छ ।

पक्राउ पर्नेहरूमा भारत बिहार राज्य मधुबनी चाना हरलाखी ग्राम पञ्चायत हरलाखी–८ निवासी विष्णु देव यादव, जनकपुर–४ बस्ने रमेश साह, धनौजी गाउँपालिका–७ भररिया टोल बस्ने रवि पासवान छन् ।
नगद १९ लाख रूपैयाँ सहित ३ जनालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

भारतबाट नेपालतर्फ आउँदै गरेको ज.१२ प ६४३ नम्बरको मोटरसाइकलमा सवार विष्णु देवलाई स्रोत नखुलेको रहकसहित पक्राउ गरेको हो । उनको साथबाट नगद १९ लाख रुपैँया बरामद गरेको प्रहरीले जनाएको छ ।

पक्राउ परेकासँग थप अनुसन्धानको क्रममा उक्त कार्यमा संलग्न रमेश र रविलाई समेत नियन्त्रणमा लिएको हो ।

घटनाबारे आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै