ट्रेन्डिङ

महोत्तरीबाट दुइ जना फरार प्रतिवादी पक्राउ

वीरगन्ज । महोत्तरी प्रहरीले २ जना फरार प्रतिवादीलाई पक्राउ गरेको छ । विशेष सूचनाको आधारमा लुकिछिपी बस्दै गरेको अवस्थामा उनीहरुलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

महोत्तरी जिल्ला अदालतबाट विभिन्न मुद्दामा दोषी ठहर भएपश्चात फरार भएकाहरुलाई पक्राउ गरिएको डिएसपी सन्तुलाल प्रसाद जैसवारले बताए । उनका अनुसार जिल्ला प्रहरी कार्यालय महोत्तरीबाट खटिएको टोलीले खोजतलास गरि नियन्त्रणमा लिएको हो ।

पक्राउ पर्नेहरुमा महोत्तरी बलवा नगरपालिका वडा नम्बर ७ बस्ने २० वर्षका गौत्तम कुमार महतो र जलेश्वर नगरपालिका वडा नम्बर ३ खैरा बस्ने ३३ वर्षका दिनेश साह छन ।

अदालतले महतोमाथि कुटपिट÷अंगभंग मुद्दामा ५० हजार र साहलाई हुण्डी कारोबार सम्बन्धि मुद्दा शिर्षकमा ५० हजार जरिवाना गराएको डिएसपी जैसवारले जानकारी दिए ।

पक्राउ परेकाहरुलाई आवश्यक कानुनी कारबाहीका लागि महोत्तरी जिल्ला अदालतमा बुझाइएको प्रहरीले जानकारी दिएको छ ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै