पोखरा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति एवम् रवि लामिछाने थप १३ दिन हिरासतमा रहने भएका छन् ।
जिल्ला अदालत कास्कीले उनलाई थप १३ दिन हिरासतमा राख्ने राख्ने अनुमति दिएको हो ।
न्यायाधीश नवराज दाहालको इजलासले आइतबार जिल्ला प्रहरी कार्यालय कास्कीलाई पूर्वगृहमन्त्रीसमेत रहेका लामिछानेलाई थप १३ दिन हिरासतमा राख्न अनुमति दिएको हो ।
सहकारी ठगी प्रकरणमा अनुसन्धानका लागि २ कात्तिकमा पक्राउ परेका लामिछानेमाथि प्रहरीले सहकारी ठगीसँगै संगठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दामा पनि अनुसन्धान भइहेको छ ।