ट्रेन्डिङ

मोटरसाइकल दुर्घटना हुँदा बारामा एकजनाको मृत्यु

१४ भदौ,वीरगञ्ज । मोटरसाइकल दुर्घटना हुँदा बारामा एकजनाको मृत्यु भएको छ । आफैले चलाएको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा एक जना युवकको मृत्यु भएको हो ।

मृत्यु हुनेमा चालक कलैया उपमहानगरपालिका वडा नम्बर ११ निवासी २४ वर्षीय सन्दीपकुमार यादव रहेका प्रहरीले जनाएको छ ।गएराती यादव सवार लु ९५ प ६३५४ नम्बरको मोटरसाइकल कलैया–१६ को उत्तर झिटकैयास्थित अनियन्त्रित भइ पल्टिएको थियो ।

उनको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरीका प्रहरी नायब उपरीक्षक प्रकाश सापकोटाले बताए । मृतकको शवको सनाखत भइसकेको तथा घटनाबारे आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै