वीरगन्ज । नेपाल रेडक्रस सोसाइटी पर्सा शाखाको आयोजनामा २ दिनको प्राथमिक उपचार शिविर सम्पन्न भएको छ । वीरगन्जको घडीअर्वा पोखरीस्थित छठघाटमा प्राथमिक उपचार शिविर सम्पन्न भएको हो ।
छठघाटमा आउने ब्रतालु, दर्शनार्थी तथा भक्तजनहरुको सहजताको लागि शिविर आयोजना गरिएको जनाइएको छ ।
शिविरमा दुइ दिनको अवधिमा १२ जना घाइतेहरुको उपचार गरिएको थियो । भने अन्य सेवा लिन आउनेहरुका लागि जिवलजल, हेण्डीप्लास्ट तथा मुभको व्यवस्था गरिएको रेडक्रस सोसाइटी रेशमकोठी शाखाका युवा संयोजक अभिलाष कुमार गुप्ताले बताए ।
प्राथमिक उपचार शिविरमा रेडक्रस सोसाइटी वीरगन्जका स्वय्मसेवकहरुले सेवा प्रदान गरेका थिए । शिविरमा रेडक्रस सोसाइटी आर्दशनगरका सभापति सन्तोष गुप्ता, रेडक्रस एक्सन टिम पर्साका नेता राजु साह, अमन पटेल, रेडक्रसका वरिष्ठ सदस्य गुडि कुमारी साह एवम् आजिवन सदस्य सन्तोष कुमार गुप्ता लगायतले सेवा दिएका बताइएको छ ।