चितवन । नारायणगढ मुग्लिङ सडकखण्डस्थित सत्रकिलोमा भएको दुर्घटनामा ज्यान गुमाउनेको सङ्ख्या पाँच पुगेको छ ।
चितवन मेडिकल कलेजमा उपचारत थप एक घाइतेको आज बिहान मृत्यु भएपछि दुर्घटनामा ज्यान गुमाउनेको सङ्ख्या पाँच पुगेको हो ।
गाडीका चालक चितवन खैरहनी नगरपालिका वडा नम्बर ४ का ४० वर्षीय अनोज अधिकारीको उपचारकै क्रममा मृत्यु भएको छ । दुर्घटनामा घाइते उनलाई तत्काल उपचारका लागि अस्पताल पु¥याइएको थियो ।
भरतपुर महानगरपालिका वडा नम्बर २९ सत्रकिलोमा शुक्रवार बिहान ३ बजे दुइटा एकापसमा ठोक्किएको थियो । मुग्लिङबाट नारायणगढतर्फ आउँदै गरेको बा.प्र. ०६–००१ज ०२९८ नम्बरको विद्युतीय गाडी र नारायणगढबाट मुग्लिङतर्फ जाँदै गरेको बा.प्र.०३–००१ ख २८१२ नम्बरको को बस एक आपसमा ठोक्किदाँ दुर्घटना भएको हो ।
दुर्घटनामा परी मृत्यु हुनेमध्ये तीन जनाको अझै सनाखत हुन सकेको छैन । मृतक एक जना गोरखा आरुघाटका ४० वर्षीय राजबहादुर गुरुङ रहेको प्रहरीले जनाएको छ ।
विद्युतीय सवारी साधनमा सवार गर्ने नाम वतन नखुलेका एक जना घाइतेको अहिले पनि चितवन मेडिकल कलेजमा उपचार भइरहेको छ ।
उहाँको अवस्था पनि गम्भीर भएको प्रहरीले जनाएको छ । विद्युतीय गाडीमा रहेका ६ यात्रुमध्ये उनी मात्रै अब एक बाँकी हुन् ।
दुर्घटनामा परेका बसमा रहेका यात्रुहरू भने उपचारपछि फर्किएका छन् । उहाँको अवस्था सामान्य रहेकाले डिस्चार्ज गरिएको बताइन्छ । दुर्घटना के कारणले भयो अझै यकिन कारण खुल्न सकेको छैन ।