राजबिराज । छठ पर्वलाई मध्यनजर गर्दै जिल्ला सुरक्षा समिति सप्तरीले बुधबार राजबिराज नगरपालिकाको विभिन्न जलाशयहरुको स्थलगत निरिक्षण गरेको छ ।
प्रमुख जिल्ला अधिकारी भोला दाहालको नेतृत्वमा जिल्ला स्थित सुरक्षा निकायहरुका प्रमुखहरु सम्मीलित टोलीले जलाशयहरुको निरीक्षण गरेको हो ।
चाडपर्वको समयमा हुन सक्ने अपराधिक गतिविधि तथा अप्रिय घटना हुन नदिने उद्देश्यले राजबिराजको विभिन्न तलाउ,दह,कोशी पम्प नहर लगायतका जलाशयहरुको स्थलगत निरीक्षण गरेको राजबिराज नगरपालिकाका कार्य वाहक प्रमुख इसरत परविनले बताईन ।
निरीक्षण टोलीमा नेपाली सेना बरख गणका प्रमुख सेनानी रमेश पाण्डे, जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रमुख प्रहरी उपरीक्षक ढकेन्द्र खतिवडा, राष्ट्रिय अनुसन्धान कार्यालयका प्रमुख उपनिर्देशक सुरेन्द्र कोईराला रहेका थिए ।
त्यस्तै सो टोलीमा सशस्त्र प्रहरी गण नम्बर ६ सप्तरीका सशस्त्र प्रहरी नायव उपरीक्षक उज्वल लामिछाने तथा सम्बन्धित वडाहरुका वडा अध्यक्षहरु सम्मीलित थिए ।