छठ पूजाका लागि घडीअर्वा पोखरीको तयारी पुरा, सजावट र ब्यवस्थापनमा १८ लाख खर्च हुने

बीरगंज । बीरगंजको घडीअर्वा पोखरी लोक आस्थाको महान पर्व छठ पूजाका लागि तयार भएको छ ।

छठ पूजाको अवसरमा घडीअर्वा पोखरिमा हुने सजावटले सबैलाई मोहित पार्दछ । छठ पूजाको अवसरमा जनकपुरका पोखरिको मात्र चर्चा हुने एउटा जमाना थियो तर अहिले बीरगंजको घडीअर्वा पोखरिको तस्विर र चर्चा बिनाको छठ पर्वको चर्चा पुरा नहुने भएको छ ।

यसपटक पनि अडीअर्वा पोखरिलाई आकर्षक रुपमा सजाइएको छ । जहिले पनि “दुलही ” झै सिंगारिएको उपमा पाइरहने घडीअर्वा पोखरि छठ पूजाका लागि सम्पूर्ण रुपमा तयार पारिएको बुधवार पत्रकार सम्मेलनको आयोजना गरि जनाइएको छ ।

छठपूजा व्यवस्थापन समितिले पत्रकार सम्मेलन गरि यस बारे जानकारी गराएको हो ।

यसपालि छठघाटको सजावट र व्यवस्थापनमा गरि करिब १८ लाख ४४ हजार रुपैया खर्च हुने अनुमान गरिएको आयोजकले बताए । टेण्टपण्डालमा ७ लाख ८१ हजार , परिसर बाहिरको बत्ती सजावटमा ९० हजार, भिडियो ग्राफीमा ३५ हजार , पुरस्कारमा ४ लाख ८४, सरसफाइमा ७५ हजार रुपैया खर्च हुने समितिका कोषाध्यक्ष कन्हैया गुप्ताले जानकारी दिए।

छठपुजा सुरक्षाकोलागि पोखरीको चारै तिर गरि २२ ठाउमा सिसिटिभी जडान गरिने एवं नगर प्रहरी , जनपद प्रहरी, सशस्त्र प्रहरीको सहित १ सय सुरक्षाकर्मी परिचालन हुने छ । स्वयं सेवक ४० जना परिचालन गरिने र पोखरिमा डुङ्गा संचालन गर्ने समितिका अध्यक्ष दिप कुमार साहले बताए ।

गत वर्षको छठमा छठघाट सजावट र ब्यवस्थापनमा १६ लाख २८ हजार ४५२ रुपैयाँ खर्च भएको थियो भने ७ लाख १० हजार रुपैयाँ बचत भएको कोषाध्यक्ष गुप्ताले पत्रकार सम्मेलनमा जानकारी गराएका थिए।

पूजाकालागि सवजावट तथा अन्य ब्यवस्थापकीय कामकालागि स्रोत परिचालन बारे पनि पत्रकार सम्मेलनमा जनाकारी गराईएको थियो । बीरगंज महानगरपालिकाको सहयोगमा र टिकट बिक्री बाट आएको रकम एवं २५० को नगदी सहयोग चिट्ठा बाट रकम संकलन गरिने बताइएको छ ।

चिठ्ठामा पुरस्कारहरु इलेक्ट्रोनिक स्कुटर , एलइडि टिभी, पंखा, फ्रीज , वासिङ् मेसिन राखिएको छठपुजा ब्यवस्थापन समितिका अध्यक्ष साहले जानकारी गराए ।

छठपुजा ब्यवस्थापन समितिका पदाधिकारीको पनि उपस्थिति रहेको थियो भने सन्चारकर्मीहरुको उपस्तिथिमा कार्यक्रम सम्पन्न भएको थियोे कार्यक्रम संचालन छठ पुजा व्यवस्थापन समिती घडीअर्वा पोखरीका सचीव लखनलाल गुप्ताले गरेका थिए भने आय ब्यय प्रस्तुत छठ पुजा व्यवस्थापन समितीका कोषाध्यक्ष कन्हैयालाल गुप्ताले गरेका थिए।

नेपाल कै प्रसिद्ध वीरगन्जको घडीअर्वा पोखरी छठ घाटको सम्पूर्ण तयारी पुरा १८ लाख ४४ हजार रुपैया खर्च हुने अनुमान गत वर्षको छठमा छठघाट सजावट र ब्यवस्थापनमा १६ लाख २८ हजार ४५२ रुपैयाँ खर्च भएको र आम्दानीबाट खर्च कटाएर ७ लाख १० हजार रुपैयाँ बचत पनि भएको समितिका कोषाध्यक्ष गुप्ताले पत्रकार सम्मेलनमा जानकारी गराएका थिए।

पत्रकार सम्मेलनमा वडा अध्यक्ष सुशील कुमार साह , उपाध्यक्ष राकेश कुमार साह, सचीव लखनलाल गुप्ता,सहसचीव प्रभाकर कुमार गुप्ता ,सहकोषाध्यक्ष संजय कुमार साह, क्रान्ति साह घडीअर्वा स्पोर्ट क्लबका अध्यक्ष सन्तोष कानु,उपाध्यक्ष मनोहर साह कानु, सचिव सन्तोष गुप्ता र नन्दु साह लगायतको सहभागीता थियो।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै