ट्रेन्डिङ

महानगरको दरबन्दी मिलानको विरोध जनाइरहेका नेपाल शिक्षक महासंघ बीरगन्ज शाखाको आन्दोलनप्रति पाँच राजनीतिक दलको एक्यबद्धता

१३ भदौ, वीरगन्ज । नेपाल शिक्षक महासंघ बीरगन्ज शाखाले महानगरको दरबन्दी मिलानको सवालमा उठाएका मागहरुप्रति पर्साका पाँच राजनीतिक दलहरुले एक्यबद्धता जनाएका छन् । शिक्षक महासंघ बीरगन्जले जनाएको विरोधप्रति आज पाँच राजनीतिक दलहरुले एक प्रेस विज्ञप्ति जारी गर्दै शिक्षकहरुको जायज मागप्रति एक्यबद्धता जनाएका हुन् ।

नेपाली कांग्रेस, एमाले, जसपा नेपाल, रास्वपा र जनमत पार्टीका जिल्ला नेतृत्वले संयुक्तरुपमा विज्ञप्ति जारी गर्दै शिक्षक महासंघ बीरगन्जको मागप्रति समर्थन जनाएको छ ।

बीरगन्ज महानगरपालिकाको शिक्षा शाखाले दरबन्दी मिलानको नाममा व्यक्ति मिलान गरेको भन्दै नेपाल शिक्षक महासंघ बीरगन्ज शाखाले विरोध समेत जनाएको छ ।

महानगरको शिक्षा शाखाले गरेको दरबन्दी मिलानका कारण शिक्षकहरुमा भयको वातारण सृजना भएको ठहर गर्दै तत्काल शिक्षकहरुको माग सम्बोधन गर्न पाँच राजनीतिक दलहरुले जारी गरेको विज्ञप्तिमार्फत आग्रह गरेका छन् ।

नेपाल शिक्षक महासंघ बीरगन्ज शाखाले दरबन्दी मिलानको नाममा भएको व्यक्ति मिलानको कामलाई तत्काल खारेजीको माग गरेको छ ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै