ट्रेन्डिङ

अमेरिकाको राष्ट्रपति निर्वाचनको परिणाममा ट्रम्पको पल्लाभारी

अमेरिकाको राष्ट्रपति निर्वाचनको परिणाममा रिपब्लिकन उम्मेदवार डोनाल्ड ट्रम्पको पल्लाभारी देखिएको छ।

पछिल्लो परिणामा अनुसार स्विङ राज्यस्थित नर्थ क्यारोलाइनमा ट्रम्पले जित्ने निश्चित भएसँगै उनको पल्ला भारी भएको हो।

नर्थ क्यारोलाइनमा १६ सिट छ। अमेरिकी निर्वाचनबाट राष्ट्रपति बन्नका लागि २७० सिट आवश्यक हुन्छ, जसमध्ये २३० मा ट्रम्प विजयी भइसकेका छन्। यद्यपि, पेन्सिलभिनिया, एरिजोना, जर्जिया, नेभाडा, मिसिगन, स्विसकन्सिङ जस्ता स्विङ राज्यहरूको मत स्पस्ट भइसकेको छैन।

यसले गर्दा ट्रम्पले नै जितिहाल्छन् भन्ने अवस्था नरहेको विश्लेषकहरू बताउँछन्।

अमेरिकी मतदाताहरुले मंगलबार भएको निर्वाचनका लागि राष्ट्रपतिमा इलेक्टोलर कलेजमा मतदान गरेका छन् भने त्योसँगै कंग्रेस र सिनेटका प्रतिष्पर्धीहरुलाई पनि मतदान गरेका छन्। राष्ट्रपतिका लागि ट्रम्पको प्रतिद्वन्द्वीमा कमला ह्यारिस रहेकी छन्।

५३८ इलेक्टोलर सिटमध्ये २७० सिटमा विजयी हुने पार्टीका उम्मेदवार अमेरिकाका ४७ औँ राष्ट्रपति बन्नेछन्। त्यही मतका आधारमा उपराष्ट्रपतिको पनि चयन हुनेछ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै