
१२ भदौ,काठमाडौँ । त्रियुगा नदीमा डुबेर सप्तरीमा एकजना युवकको मृत्यु भएको छ । कृष्ण जन्माष्टमी पर्व मनाएर मूर्ति सेलाउन गएका एक युवकको त्रियुगा नदीमा डुबेर मृत्यु भएको हो ।
सप्तकोशी नगरपालिका वडा नम्बर २ पसार्हा बस्ने २२ वर्षीय छोरा रोहनको नदीमा डुबेर मृत्यु भएको प्रहरीले जनाएको छ ।
स्थानीयवासीसँगै सप्तकोशी नगरपालिका–१, फत्तेपुरस्थित त्रियुगा नदीको हेडबाँधमा मूर्ति सेलाउन गएका रोहन पानीमा डुबेकामा स्थानीयले उद्धार गरी उपचारका लागि पठाइएको थियो ।
उपचारको क्रममा उनको सुनसरीको धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।