मन्त्री यादवद्धारा नगवा पोखरीको अधुरा संरचनाको निर्माण कार्यलाई चाँडो सम्पन्न गर्न निर्देशन

वीरगञ्ज। खानेपानी मन्त्री प्रदीप यादवले छठलाई मध्यनजर गर्दै वीरगञ्ज महानगरपालिका वडा नम्बर १६ स्थित नगवा पोखरीको स्थलगत निरीक्षण गरेका छन् । सोमबार बिहान उनले पोखरीको स्थलगत अनुगमन गरेका हुन् ।

सो क्रममा मन्त्री यादवले पोखरी क्षेत्रको सरसफाइ, सौन्दर्यीकरण र अधुरा संरचनाहरूको निर्माण कार्यलाई चाँडो सम्पन्न गर्न निर्देशन दिए । मन्त्री यादवले पोखरीलाई व्यवस्थित, आकर्षक र सुरक्षित बनाउन वीरगञ्ज महानगरपालिकाका कर्मचारीहरूलाई एकजुट भएर काम गर्न अनुरोध गरे ।

‘छठ हाम्रो सांस्कृतिक पहिचान र आस्थाको प्रतिविम्ब हो । यसलाई गरिमामय र सफल बनाउन वीरगञ्ज महानगरपालिका, धार्मिक संघ–संस्था र नागरिक समाजले एकताबद्ध प्रयास गर्नु जरुरी छ‚’ उनले भने । सरसफाइ तथा अन्य व्यवस्थापनमा कुनै पनि कमी नगर्न आग्रह गर्दै छठलाई भव्य र व्यवस्थित बनाउनमा ध्यान दिनुपर्ने बताए ।

मन्त्री यादवले समाजका हरेक व्यक्तिको सकारात्मक सहभागिताले विकास र समृद्धिलाई तीव्रता दिन सक्ने बताउँदै छठ जस्ता पर्वहरूले समाजप्रतिको दायित्व र सेवा भावलाई प्रोत्साहन गर्ने धारणा राखे ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै