Close This

ट्रेन्डिङ

आँपको पकेट क्षेत्र प्रवर्द्धनका लागि आवश्यक पुर्वाधार निर्माण हुदैँछ : मुख्यमन्त्री सतिश सिंह

९ भदौ, वीरगन्ज । मधेश प्रदेशका मुख्यमन्त्री सतिश सिँहले हरितगृह ग्यासको उत्सर्जन घटाउन प्रदेश सरकार गम्भीर भएर लागि परेको बताएका छन् । धनुषाको बटेश्वर गाँउपालिकास्थित ८२ बिगाहा जग्गामा लगाईएको ६ हजार आँपको बोट फाँडेर सोलार प्लान्ट जडान गर्न जग्गा भाँडामा दिने किसानका बाध्यताबारे ध्यानाकर्षण गराउन पुगेका अभियान्ताहरुलाई मुख्यमन्त्री सिंहले यस्तो बताएका हुन् ।

सो क्रममा मुख्यमन्त्री सिंहले वृक्षरोपणको माध्यमबाट दिगो वन व्यवस्थापन तथा वनजंगलबाट हुने फाइदाहरू बढाउन र विश्व्यापी रूपमा भइरहेको हरिगृह ग्यास उत्सर्जन घटाउन प्रदेश सरकार गम्भीर रहेको जनाए ।

उनका अनुसार सोलार प्लान्ट राष्ट्रिय प्रसारण ग्रिडको निश्चित दुरीमा रहनुपर्ने कारणले समस्या उत्पन्न भएको हो । तथापी त्यसको समाधान खोज्ने उनको भनाई थियो ।

आँपको पकेट क्षेत्र प्रवर्द्धनका लागि  प्रदेश सरकारले आवश्यक पूर्वाधार निर्माण लगायतका काम गरिरहेको बताउँदै मुख्यमन्त्री सिंहले बटेश्वर क्षेत्रमा कृषि विद्युतीकरण तथा डिप बोरिङमार्फत सिँचाइ व्यवस्थापन र आँप भण्डारण गर्न कोल्ड स्टोर व्यवस्थापनका लागि सम्बन्धित मन्त्रालयलाई निर्देशन दिइसकेको जानकारी दिए ।

आइतबार जनकपुरधामस्थित मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा अभियान्ता फुलगेन मगहिसहितका टोलीले  किसानको बाध्यता सुनाउँदै मुख्यमन्त्री सिंहलाई ज्ञापनपत्र बुझाएका थिए ।

ज्ञापनपत्रमा बटेश्वर गाउँपालिकामा कोल्डस्टोर निर्माण, नील गाईको व्यवस्थापन, नमुना पकेट क्षेत्र घोषणा अनुसार किसानलाई अनुदान र आँप खेतीका लागि विशेष अनुदानमा किटनाशक औषधी, मलखाद र उपकरणको व्यवस्था, सिँचाइ तथा बजार व्यवस्थापन गर्नुपर्ने लगायतका विषय उल्लेख गरिएको छ ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै