ट्रेन्डिङ

मुख्यमन्त्री सिंहद्वारा याज्ञवल्क्य संस्कृत विद्यालय ज्ञानकुपको अवलोकन, गरे – शैक्षिक पार्क बनाउने घोषणा

८ भदौ, वीरगन्ज । मधेश प्रदेश सरकारका मुख्यमन्त्री सतिश सिँहले जनकपुरधामस्थित याज्ञवल्क्य संस्कृत विद्यालय ज्ञानकुपको अवलोकन तथा निरीक्षण गरेका छन् । शनिबार मुख्यमन्त्री सिंहले उक्त विद्यालयको अवलोकन तथा निरीक्षण गरेका हुन् ।

निरीक्षण गर्दै मुख्यमन्त्री सिंहले शैक्षिक गुणस्तर विकासका लागि संस्कृत बिद्यालयमा खुल्ला शैक्षिक पार्क बनाउने घोषणा गरे ।  सिकाइ प्रणाली रूपान्तरण गर्न त्यस विद्यालयलाई प्रदेशको शैक्षिक पार्क बनाइने उनले बताए ।

मुख्यमन्त्री सिँहले बहुबुद्धिमत्ता, सामाजिक सिकाइ सिद्धान्त, गेमिफिकेसन र २१ औँ शताब्दीको सीप प्रबद्र्धनका सिद्धान्तहरूमा आधारित शैक्षिक पार्क मधेश प्रदेशका लागि नवीन र महत्त्वपूर्ण कदम हुने विश्वास जनाए ।

संस्कृत विद्यालयमा खुल्ला शैक्षिक पार्क बनाउने विषयमा खाका तयार गर्न केही दिनमै प्राविधिक समेत खटाउने उनको भनाइ थियो । उनका अनुसार  विज्ञहरूको परामर्श र आधुनिक शिक्षाका परिवेशलाई मध्यनजर गर्दै खुल्ला शैक्षिक पार्कको योजना निर्माण गरिएको हो ।

जस अन्तर्गत पहिलो चरणमा प्रदेशका आठवटै जिल्लामा एक/एक वटा शैक्षिक पार्क स्थापना गर्ने नीति लिइएको मुख्यमन्त्री सिंहले बताए ।

उनले भने, ‘मधेशको कमजोर शैक्षिक अवस्था सुधार्ने नयाँ प्रयोगको रुपमा यश पार्कलाई लिएका छौ । यसबाट विद्यार्थी तथा अभिभावकहरुले समेत फरक तरिकाले शैक्षिक ज्ञान र सीप सिक्नुहुनेछ भन्ने विश्वास छ ।’

विज्ञका अनुसार खुल्ला शैक्षिक पार्क पाठ्यक्रम कार्यन्वयनको नयाँ र सिकाइमैत्री अवधारणा हो । यसले विद्यार्थीहरूको जिज्ञासा र रुचि बढाउन मद्दत गर्नेछ । मधेश प्रदेशमा शिक्षाको गुणस्तर बढाउन यो अवधारणाले महत्वपूर्ण भुमिका खेल्ने विश्वास लिइएको छ ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै