ट्रेन्डिङ

जसपा नेपालको वीरगन्ज महानगर तदर्थ समिति गठन

८ भदौ, वीरगन्ज । जनता समाजवादी पार्टी (जसपा) नेपालको वीरगन्ज महानगरपालिका तदर्थ समिति गठन गरिएको छ । निरन्जन प्रसाद पटेलको अध्यक्षतामा ५१ सदस्यीय महानगर समिति गठन गरिएको हो ।

वीरगन्जको क्लासिक बैंकेटमा आयोजित जनता समाजवादी पार्टी नेपाल पर्साको वीरगन्ज महानगर समिति विस्तारित भेलाले यस्तो घोषणाा गरेको हो ।

सो अवसरमा मधेश प्रदेशका पूर्व मुख्यमन्त्री लालबाबु राउत, जसपा नेपालका केन्द्रीय सदस्यहरु फिरोज मन्सुर, विरेन्द्र यादव, रेखा साह, मुस्लिम फोरमका अध्यक्ष मौलाना नुरुलहोदा, वडाध्यक्षहरु परशुराम चौरसिया, रितेश गुप्ता, अजय चौरसिया, आशुतोष चतुर्वेदी, मनोज पटेल, मेहबुब एलाही लगायत जिल्ला समितिका पदाधिकारी तथा सदस्यहरु लगायत विद्यार्थी नेताहरुको समेतको उपस्थिती रहेको थियो ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै