ट्रेन्डिङ

पक्राउ पुर्जी जारी भएपछि रविले भने – अहिलेलाई सरकार मर्‍यो हामीलाई जुठो पर्‍यो’

काठमाण्डौँ । कास्की जिल्ला अदालतले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवम् पूर्व गृहमन्त्री रवि लामिछानेलाई पक्राउ गर्न आदेश दिएको छ । उनीविरुद्ध आज अदालतले पक्राउ पूर्जी जारी गरेको हो ।

पूर्वगृहमन्त्री लामिछानेमाथि पक्राउ पूर्जी जारी भएलगत्तै सामाजिक सञ्जालमा विरोध सुरु भएको छ । यद्यपी सभापति लामिछाने स्वयम्ले सरकार ‘मर्दा’ आफूलाई जुठो परेको टिप्पणी समेत गरेका छन् ।
सहकारी ठगी प्रकरणमा जिल्ला अदालत कास्कीले पक्राउका लागि प्रहरीलाई अनुमति दिएपछि उनले यस्तो टिप्पणी गरेका हुन् ।

उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘अहिलेलाई सरकार मर्‍यो हामीलाई जुठो पर्‍यो। तर, मलाई न्यायलयप्रति आशा र न्यायप्रेमी जनताप्रति भरोसा छ,’ लामिछानेले फेसबुकमा लेखेका छन्, ‘प्रिय रास्वपा परिवारका साथीहरू, शिर ठाडो राख्नुहोला । तपाईँको सभापतिले कसैलाई ठगेको छैन ।’

उनले सत्तारुढ दलहरूको दिनगिन्ती सुरू भएको खुशियालीमा आफूले कानुनलाई सघाउनेसमेत प्रतिबद्धता जनाएका छन् ।

‘ठिक छ, म तपाईँहरूको दिनगन्ती सुरु भएको खुशियालीमा कानुनलाई पूरै सघाउने प्रतिबद्धता व्यक्त गर्दछु,’ उनले लेखेका छन्, ‘नयाँ पुस्तालाई एक–एक गर्दै सक्काउँदै जाने तिमीहरूको कुनियतले तिमीहरूलाई चाँडै रसातलमा पु¥याएको यो देशले चाँडै देख्ने छ । सुरूवात तिमीहरूले ग¥यौ, अन्त्य हामी गर्नेछौँ, नेपाली जनताले गर्ने छन्, छिट्टै गर्ने छन् ।’

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै