
२ कात्तिक, काठमाडौं । प्रतिपक्षी दलहरूको बैठक नयाँ बानेश्वरमा जारी छ । प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको आह्वानमा विपक्षी दलहरूको बैठक बसेको हो ।
बैठकमा राजनीतिक घटनाक्रम र आगामी दिनमा चाल्ने कदमबारे छलफल भइरहेको छ । बैठकमा प्रचण्डसहित नेकपा एसका अध्यक्ष माधव कुमार नेपाल, शक्ति बस्नेत, सत्तापक्षका महन्थ ठाकुर, प्रभु साह र रास्वपा सभापति रवि लामिछानेसहित सो पार्टीका आधा दर्जन नेताहरु सहभागी छन् ।
बैठक नयाँ बानेश्वरस्थित प्रचण्डको कार्यकक्षमा प्रतिपक्षी दलहरुको संयुक्त बैठक बसिरहेको हो । विपक्षी दलका नेताहरुको बैठक संसद भवन लोत्से हलमा सुरु भएको छ ।