ट्रेन्डिङ

अग्रिम टिकट बुकिङबारे छलफलका लागि भोली बैठक बस्ने

काठमाण्डौँ । दसैँ, तिहार तथा छठ पर्वलाई लक्षित गरी यात्रुहरुको सहजता र सुरक्षाका लागि सार्वजनिक यातायातको अग्रिम टिकट बुकिङबारे छलफलका लागि बैठक बोलाइएको छ ।

यातायात व्यवस्था विभागले मंगलबार (भोली) बिहान ११ बजे यसबारे छलफलका लागि सरोकारवाला निकायहरुको बैठक डाकेको हो ।

चाडपर्वको समयमा काठमाडौँ उपत्यकाबाट बाहिर जाने र बाहिरी जिल्लाहरूबाट काठमाडौँ उपत्यका प्रवेश गर्ने यात्रुहरूको यात्रालाई सहज र सुरक्षित बनाउन अग्रिम टिकट बुकिङबारे निर्णय गर्न आमन्त्रण गरिएको शाखा अधिकृत प्रतिमा ढकालले जानकारी दिइन् ।

उनका अनुसार बैठक विभागको मीनभवनस्थित सभा हलमा बस्ने तय भएको छ ।

बैठकमा सहभागी हुन विभागले प्रहरी प्रशासन, यातायात व्यवसायी र मजदुर संगठनका प्रतिनिधिहरूलाई पत्राचार गरेको छ ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै