ट्रेन्डिङ

पर्साका लालबाबु साह कानुलाई १० लाखको ‘बम्पर उपहार’, २१ हजारको ल्युब आयल खरिदको बिल छनोट

वीरगन्ज । सरकारले सञ्चालन गर्दै आएको करदाता प्रोत्साहन उपहार कार्यक्रमअन्तर्गत पर्साका लालबाबु साह कानुले १० लाख रुपैयाँको बम्पर उपहार जितेका छन् ।

असोज १ देखि १५ गतेसम्मको अवधिमा गरिएको कारोबारमध्ये कानुले २१ हजार रुपैयाँ बराबरको ल्युब आयल खरिद गर्दा प्राप्त गरेको बिल बम्पर उपहारका लागि छनोट भएको हो ।

अर्थ मन्त्रालयमा शुक्रबार आयोजित कार्यक्रममा असोज महिनाको पहिलो १५ दिनको करदाता प्रोत्साहन उपहार घोषणा गरिएको हो ।

प्रतिनिधिसभाअन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समितिका सभापति सुम्निमा उदास तथा प्रतिनिधिसभा सदस्यद्वय गणेश कार्की र सन्तोष राजवंशीले संयुक्त रूपमा उपहार घोषणा गरेका हुन् ।

उपहार घोषणा भएपछि आन्तरिक राजस्व विभागका महानिर्देशक डा. भीष्मकुमार भुषालले कानुलाई तत्कालै फोन गरेर बधाई दिएका थिए ।

उनले पुरस्कार प्राप्त गर्न नजिकैको कर कार्यालयमा सम्पर्क गर्न आग्रह गरेको अर्थमन्त्रीको सचिवालयले जनाएको छ ।

आन्तरिक राजस्व विभागका अनुसार असोज १ देखि १५ गतेसम्म अनलाइन तथा नगद खरिदमा सहभागी भई बिल लिएका उपभोक्ताका ३ करोड १८ लाख १८ हजार २८६ वटा कारोबार उपहार कार्यक्रममा सहभागी हुन योग्य भएका थिए ।

ती कारोबारमध्येबाट कानुको ल्युब आयल खरिदको बिल १० लाख रुपैयाँको १५ दिने बम्पर उपहारका लागि छनोट भएको हो।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै