ट्रेन्डिङ

कांग्रेस महाधिवेशन प्रतिनिधिमा पत्रकार दीपेन्द्र चौहान सर्वसम्मत

वीरगन्ज । नेपाली कांग्रेस पर्सा क्षेत्र नम्बर १ बाट पेशागत क्षेत्रतर्फको केन्द्रीय महाधिवेशन प्रतिनिधिमा वरिष्ठ पत्रकार दीपेन्द्र चौहान सर्वसम्मत चयन भएका छन् ।

लामो समयदेखि पत्रकारिता तथा सञ्चार क्षेत्रमा सक्रिय चौहानलाई नेपाली कांग्रेसको पेशागत क्षेत्रबाट महाधिवेशन प्रतिनिधिका रूपमा सर्वसम्मत चयन गरिएको हो ।

चौहान ‘अंकुश दैनिक’का अध्यक्ष तथा प्रधान सम्पादक हुन् ।

पत्रकारिता क्षेत्रमा लामो अनुभव हासिल गरेका उनी नेपाल पत्रकार महासंघ पर्साका पूर्व अध्यक्ष, नेपाल पत्रकार महासंघ मधेश प्रदेशका प्रथम निर्वाचित अध्यक्ष तथा महासंघका पूर्व केन्द्रीय सचिवसमेत हुन् ।

त्यसैगरी चौहानले प्रेस काउन्सिल नेपालको सदस्यका रूपमा समेत जिम्मेवारी सम्हालिसकेका छन् ।

उनले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता, नागरिक अधिकार र लोकतान्त्रिक मूल्य–मान्यताका विषयमा पत्रकारिता तथा सञ्चार क्षेत्रमार्फत निरन्तर भूमिका निर्वाह गर्दै आएका छन् ।

राष्ट्रिय तथा अन्तर्राष्ट्रिय पत्रकारिता क्षेत्रमा समेत सक्रिय चौहान विभिन्न सञ्चारसम्बद्ध संघसंस्थामा आबद्ध रहँदै आएका छन् ।

कांग्रेसको केन्द्रीय महाधिवेशन प्रतिनिधिका रूपमा उनको चयनसँगै पार्टीभित्र पेशागत क्षेत्रको प्रतिनिधित्व थप बलियो हुने अपेक्षा गरिएको छ ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै