ट्रेन्डिङ

मुख्यमन्त्री यादवले पाए विश्वासको मत, कति मत समर्थनमा ?

जनकपुर । मधेश प्रदेशका मुख्यमन्त्री कृष्णाप्रसाद यादवले प्रदेश सभाबाट विश्वासको मत प्राप्त गरेका छन् ।

शुक्रबार बसेको मधेश प्रदेश सभा बैठकमा मुख्यमन्त्री यादवले विश्वासको मत लिएका हुन् ।

सभामुख रामसहाय यादवले मुख्यमन्त्री यादवले विश्वासको मत प्राप्त गरेको घोषणा गरेका छन् ।

उनका अनुसार मुख्यमन्त्री यादवको पक्षमा ६२ मत परेको छ ।

बहुमतका लागि ५४ मत आवश्यक पर्ने व्यवस्था अनुसार मुख्यमन्त्री यादवले आवश्यकभन्दा बढी मत प्राप्त गरेका हुन् ।

मुख्यमन्त्री यादवलाई एमाले, नेकपा माओवादी केन्द्र र नेपाली कांग्रेसले विश्वासको मत दिएका थिए ।

जनमत पार्टीले सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री यादवले विश्वासको मत लिनु परेको हो ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै