ट्रेन्डिङ

एमाले मधेश सरकारमा सहभागी हुँदै, मोहम्मद समिर विना बिभागीय मन्त्रीको शपथ लिँदै

जनकपुर । नेकपा एमाले मधेश प्रदेश सरकारमा सहभागी हुने भएको छ ।

शीर्ष तहमा भएको सहमतिअनुसार एमालेले मुख्यमन्त्री कृष्ण यादव नेतृत्वको सरकारलाई समर्थन गर्दै सरकारमा सहभागिता जनाउन लागेको हो ।

एमाले मधेश प्रदेश संसदीय दलका नेता सरोज यादवका अनुसार पार्टीबाट बाराका मोहम्मद समिर आजै विनाविभागीय मन्त्रीका रूपमा शपथ लिने तयारी भएको छ ।

पूर्वमुख्यमन्त्री समेत रहेका नेता यादवले एमाले सरकारमा सहभागी भएसँगै शुक्रबार बस्ने प्रदेशसभा बैठकमा हुने विश्वासको मतको पक्षमा मतदान गर्ने निर्णय भएको जानकारी दिए ।

उनका अनुसार पार्टीको केन्द्रीय नेतृत्वको निर्णयअनुसार एमालेले मुख्यमन्त्री यादव नेतृत्वको सरकारलाई विश्वासको मत दिनेछ ।

एमाले सरकारमा सहभागी भएपछि मधेश प्रदेशको सत्ता समीकरणमा नयाँ मोड आएको छ ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै