काठमाडौँ । रुवि कुमारी ठाकुर प्रतिनिधि सभाको उपसभामुखमा निर्वाचित भएकी छन् ।
शुक्रबार भएको निर्वाचनबाट श्रम संस्कृति पार्टीकी उम्मेदवार ठाकुर निर्वाचित भएकी हुन् ।
मतदानमा २५६ जना सांसद सहभागी थिए । जसमध्ये ठाकुरको पक्षमा २२९ मत खस्यो । भने विपक्षमा ५ मत परेको छ । मतदानमा २२ जना सांसद तटस्थ बसे ।
उपसभामुखका दुई प्रतिस्पर्धीमध्ये राप्रपाकी सरस्वती लामाको प्रस्ताव बहुमतले अस्वीकृत भएसँगै ठाकुर निर्वाचित भएकी हुन् ।
श्रम संस्कृतिकी ठाकुर जेनजी सांसद हुन् । उनी समानुपातितर्फ निर्वाचित भएकी थिइन् ।
उपसभामुखमा ठाकुरलाई राष्ट्रिय स्वतन्त्र पार्टी, नेपाली कांग्रेस, नेपाली कम्युनिष्ट पार्टी र श्रम संस्कृति पार्टीका सांसदहरूले मतदान गरे भने लामालाई राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसदहरूले मात्रै मतदान गरे।
नेकपा एमालेका सांसदहरू भने तटस्थ बसेका थिए ।