ट्रेन्डिङ

महिला सुरक्षामा सरकारको ठुलो निर्णय: सातै प्रदेशमा निःशुल्क ‘ब्लु बस’ सञ्चालन गर्ने घोषणा

वीरगन्ज। महिलाहरूको सुरक्षित आवागमन सुनिश्चित गर्ने उद्देश्यसहित सरकारले ‘ब्लु बस’ सञ्चालनको योजना अघि बढाएको छ।

शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले स्वीकृत गरेको १०० दिने कार्यसूचीमा यो कार्यक्रमलाई प्राथमिकताका साथ समावेश गरिएको हो।

सरकारको योजनाअनुसार सातै प्रदेशमा महिलाका लागि निःशुल्क ‘ब्लु बस’ सेवा सञ्चालन गरिनेछ।

पहिलो चरणमा १०० दिनभित्र कम्तीमा २५ वटा बस सञ्चालनमा ल्याउने लक्ष्य तय गरिएको छ।

यस्तै, सार्वजनिक यातायातमा हुने लैंगिक हिंसा नियन्त्रणका लागि थप कडा व्यवस्था गर्ने निर्णय पनि गरिएको छ।

अब सबै सार्वजनिक सवारी साधनमा अनिवार्य रूपमा सीसी क्यामेरा जडान गरिनेछ भने राइड सेयरिङ सेवामा एसओएस (SOS) बटन राख्नुपर्ने व्यवस्था लागू गरिनेछ।

सरकारले ३० दिनभित्रै यस्तो प्रावधान कार्यान्वयनमा ल्याउने लक्ष्य राखेको छ, जसअनुसार यात्रुहरूले आपतकालीन अवस्थामा तत्काल प्रहरीसम्म सूचना पुर्‍याउन सक्नेछन्।

सरकारको यो कदमले सार्वजनिक यातायातलाई महिलामैत्री र सुरक्षित बनाउने अपेक्षा गरिएको छ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै