ट्रेन्डिङ

केपी ओली टिचिङ अस्पतालमा भर्ना, कति नम्बर बेडमा राखियो ?

काठमाडौं । एमाले अध्यक्ष केपी शर्मा ओली लाई स्वास्थ्य परीक्षणका क्रममा त्रिवि शिक्षण अस्पताल मा भर्ना गरिएको छ।

उनलाई अस्पतालको एनेक्स–वान भवनस्थित ५०१ नम्बर बेडमा राखिएको अस्पताल स्रोतले जनाएको छ।

शनिबार बिहान नियन्त्रणमा लिइएपछि नियमित स्वास्थ्य परीक्षणका लागि अस्पताल पुर्‍याइएका ओलीलाई चिकित्सकको सल्लाहअनुसार थप निगरानीका लागि भर्ना गरिएको हो।

जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी पवन भट्टराई ले प्रारम्भिक परीक्षणपछि चिकित्सकको सुझाव अनुसार अस्पतालमै राखिएको जानकारी दिएका छन्।

मिर्गौला प्रत्यारोपण गराइसकेका बिरामी भएका कारण ओलीको अवस्था विशेष निगरानीमा राखिएको छ।

अस्पतालले रगत परीक्षण, भिडियो एक्स–रे लगायतका विभिन्न जाँचहरू सम्पन्न गरेपछि उनलाई भर्ना गर्ने निर्णय गरिएको जनाएको छ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै