ट्रेन्डिङ

१८ मन्त्रालयमै सीमित सरकार बनाउने रास्वपाको संकेत

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नेता मनिष झाले आगामी सरकारले सानो र प्रभावकारी मन्त्रीमण्डल गठन गर्ने बताएका छन्।

मंगलबार राजधानीमा त्रिभुवन विश्वविद्यालयको पत्रकारिता तथा आम सञ्चार विभाग र युनेस्कोद्वारा आयोजित ‘दक्षिण एसियामा अभिव्यक्ति स्वतन्त्रता र सूचनाको पहुँच’ विषयक छलफल कार्यक्रममा बोल्दै उनले यस्तो धारणा व्यक्त गरेका हुन्।

उनका अनुसार अब गठन हुने सरकारले मन्त्रालयको संख्या अधिकतम १८ वटामा सीमित राख्ने लक्ष्य लिएको छ।

“हामी सानो सरकार र प्रभावकारी सुशासनका पक्षमा छौं,” उनले भने।

झाले अनावश्यक रुपमा मन्त्रालय विस्तार गर्दा प्रशासनिक खर्च बढ्ने र कामको प्रभावकारिता घट्ने भएकाले सन्तुलित र चुस्त सरकार आवश्यक रहेको समेत बताए।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै