ट्रेन्डिङ

कांग्रेस बारा सभापति यादवसहित ९ जनाविरुद्ध कारबाही सिफारिस

वीरगन्ज । प्रतिनिधिसभा निर्वाचनको समयमा पार्टी उम्मेदवारलाई असहयोग गरेको आरोपमा नेपाली कांग्रेस बारा जिल्ला सभापति राजेश राय यादवविरुद्ध कारबाहीको सिफारिस गरिएको छ ।

नेपाली कांग्रेस बारा क्षेत्र नम्बर–३ का क्षेत्रीय सभापति प्रभातकुमार चौरासियाले उक्त सिफारिस गर्दै जिल्ला सभापति यादवसहित नौ जनालाई कारबाही गर्न केन्द्रमा प्रस्ताव पठाएका हुन् ।

क्षेत्रीय कार्यसमितिले नेपाली कांग्रेसका बारा–३ का प्रतिनिधिसभा उम्मेदवार फरमुल्लाह मन्सुरलाई चुनावका क्रममा सहयोग नगरेको भन्दै उनीहरूविरुद्ध अनुशासनात्मक कारबाही गर्न सिफारिस गरेको जनाएको छ ।

केन्द्रीय कार्यसमितिमा पठाइएको सिफारिस सूचीमा जिल्ला सभापति यादवका साथै जिल्ला सदस्यहरू रवीन्द्र यादव, रविकिरण साह कलवार लगायत अन्य नेताहरू पनि समावेश रहेको बताइएको छ ।

Screenshot

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै