ट्रेन्डिङ

सुनको मूल्य बढ्यो, कतिमा भइरहेको छ कारोबार ?

काठमाडौं । नेपाली बजारमा सुनको मूल्य बढेको छ ।

चाँदीको मूल्यमा भने सामान्य गिरावट देखिएको छ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सोमबारका लागि निर्धारण गरेको मूल्यसूची अनुसार सुनको भाउ बढेको हो।

महासङ्घका अनुसार सोमबार छापावाल सुनको मूल्य प्रतितोला ३ लाख ९ हजार ५०० रुपैयाँ कायम भएको छ।

अघिल्लो दिन आइतबार भने सुनको मूल्य प्रतितोला ३ लाख ९ हजार ४०० रुपैयाँ रहेको थियो।

यसैगरी, चाँदीको मूल्यमा भने सामान्य कमी आएको छ।

सोमबार चाँदीको भाउ प्रतितोला ५ हजार २७० रुपैयाँ तोकिएको छ, जबकि आइतबार प्रतितोला ५ हजार २६५ रुपैयाँमा कारोबार भएको थियो।

अन्तर्राष्ट्रिय बजारको उतारचढावका आधारमा नेपालमा दैनिक रूपमा सुनचाँदीको मूल्य निर्धारण गर्दछ ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै