ट्रेन्डिङ

वीरगन्जमा २०० जेनजी युवा रास्वपामा प्रवेश, चुनावी समीकरणमा हलचल

वीरगन्ज । निर्वाचनको दिन नजिकिँदै जाँदा वीरगन्जको राजनीतिक वृत्त झन् रोचक बन्दै गएको छ।

यसैबीच वीरगन्ज महानगरपालिका–८ का साजन महरा, ध्रुव महरा, राहुल महरा लगायत करिब २०० जना युवा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मा प्रवेश गरेका छन्।

गहवा क्षेत्रका ‘जेन्जी’ (Gen Z) पुस्ताका यी युवाहरू सामूहिकरूपमा रास्वपामा आबद्ध भएपछि स्थानीय राजनीतिमा नयाँ तरंग पैदा भएको छ।

विशेषगरी आसन्न चुनावी समीकरण र संगठन विस्तारको सन्दर्भमा यो प्रवेशलाई अर्थपूर्ण रूपमा हेरिएको छ।

रास्वपाका पर्सा क्षेत्र १ का उम्मेदवार हरि पन्तको पहलमा भएको उक्त प्रवेश कार्यक्रमपछि पार्टीको स्थानीय आधार बलियो बन्दै गएको आकलन गरिएको छ।

युवाहरूको उल्लेख्य सहभागिताले वीरगन्जको परम्परागत राजनीतिक गढमा परिवर्तनको चाहना र नयाँ विकल्पप्रतिको आकर्षण बढ्दो रहेको संकेत गरेको छ।

स्थानीय विश्लेषकहरूका अनुसार ठूलो संख्यामा युवाहरू पुराना दलप्रति असन्तुष्टि जनाउँदै नयाँ राजनीतिक शक्तितर्फ आकर्षित हुनु वीरगन्जको राजनीतिक भविष्यका लागि महत्वपूर्ण संकेत हो।

व्यापारिक र राजनीतिक केन्द्रका रूपमा परिचित वीरगन्जमा युवाहरूको यस्तो सक्रियता संगठनात्मक हिसाबले रास्वपाका लागि उपलब्धिमूलक मानिएको छ।

यस घटनाले आगामी दिनमा स्थानीय मुद्दाहरूमा रास्वपाको उपस्थिति थप प्रभावकारी बन्ने र युवा नेतृत्वको भूमिका मजबुत हुने जनाइएको छ ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै