ट्रेन्डिङ

निर्वाचन सुरक्षाका लागि मधेश–भारत सीमा ७२ घण्टा सिल, आज मध्यरातिदेखि आवतजावत बन्द

वीरगन्ज । आसन्न निर्वाचनलाई लक्षित गर्दै मधेश प्रदेशका भारतसँग जोडिएका सम्पूर्ण सीमा नाकाहरू ७२ घण्टाका लागि बन्द गरिने भएको छ।

सुरक्षा संवेदनशीलतालाई ध्यानमा राख्दै दुवै देशका सुरक्षा निकायबीचको समन्वयमा यस्तो निर्णय गरिएको हो।

मधेश प्रदेश प्रहरी कार्यालय का प्रमुख डिआइजी गोविन्द थपलियाका अनुसार फागुन १८ गते (२ मार्च २०२६) सोमबार राति १२ बजेदेखि फागुन २१ गते (५ मार्च २०२६) बिहीबार राति १२ बजेसम्म मधेशबाट भारततर्फ जोडिएका सबै नाका पूर्णरूपमा सिल गरिनेछ।

प्रदेशका आठवटै जिल्लामा रहेका जिल्ला सुरक्षा समितिको निर्णयअनुसार सीमा बन्द गर्ने प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ।

भारतीय सुरक्षा निकायसँग आवश्यक समन्वय पूरा भइसकेको र निर्धारित समयावधिमा अत्यावश्यक सेवाबाहेक अन्य सबै प्रकारका आवतजावतमा रोक लगाइने डिआइजी थपलियाले स्पष्ट पारे।

निर्वाचनलाई स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गराउने उद्देश्यले सीमामा कडाइ गर्न लागिएको जनाइएको छ।

सुरक्षा निकायले तोकिएको अवधिमा सर्वसाधारणलाई अनावश्यक आवतजावत नगर्न आग्रहसमेत गरेको छ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै