ट्रेन्डिङ

रौतहटमा बिहान शंकास्पद वस्तु फेला, डिस्पोज गर्दा भेटियो माटोको थुप्रो

वीरगन्ज । रौतहटको राजपुर नगरपालिका वडा नम्बर-५ शंकास्पद वस्तु फेला परेको

पानीटंकी नदीको गली सडकछेउमा शंकास्पद वस्तु फेला परेको रौतहट प्रहरीले जनाएको छ ।

पानीटंकी नदीको सडकछेउमा शंकास्पद वस्तु ड्रम राखिएको रौतहट प्रहरी प्रमुख एसपी सिताराम रिजालले बताए ।

उनका अनुसार ग्रामीण सडक किनारमा बेवारिसे अवस्थामा रहेको ड्रम देखेपछि स्थानीयले प्रहरीलाई जानकारी गराएका थिए ।
त्यसलगत्तै प्रहरीको टोली घटनास्थलमा पुगेको उनको भनाइ छ ।

ड्रममा भेटिएको शंकास्पद वस्तु माटोको थुप्रो रहेको रौतहट प्रहरीले जानकारी दिएको छ ।

गौर पुरेनवास्थित नारायण दल गणबाट नेपाली सेनाको बम डिस्पोजल टोली डिस्पोज गर्दा माटोको थुप्रो भेटिएको प्रहरीले जनायो ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै