
सर्लाही । सर्लाहीमा भएका दुइ छुट्टाछुट्टै सवारी दुर्घटनामा २ जनाको ज्यान गएको छ ।
जिल्लाको बसबरिया गाउँपालिका वडा नम्बर ६ पोखरीया टोलमा मधेस प्रदेश ०२–००१ स ३०३० नम्बरको अटो अनियन्त्रित भइ पल्टिँएको थियो ।
हिरापुरबाट मदनपुरतर्फ जाँदै गरेको उक्त अटो दुर्घटना हुँदा अटोमा सवार कविलासी नगरपालिका–३ बस्ने ३९ वर्षीय भुव नारायण राय यादव गम्भिर घाइते भएका थिए ।
गम्भीर घाइते भएका उनको प्रादेशिक अस्पताल मंलगवामा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटनामा घाइते भएका अटोमा सवार ६ जनाको सोही अस्पतालमा उपचार भइरहेको छ ।
अटो चालक फरार रहेको र उनको खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ ।
यसैगरी सर्लाहीकै बागमती नगरपालिका–१२ बथानेस्थित सडकमा मोटरसाइकलको ठक्करबाट एक जना पैदल यात्रीको मृत्यु भएको छ । बथानेबाट बागमती पुलतर्फ जाँदै गरेको प्र.२–०३००८ प ३८४७ नम्बरको मोटरसाइकलको ठक्करबाट स्थानीय कृष्ण मोक्तानको ज्यान गएको हो ।
मोटरसाइकलले ठक्कर दिदाँ उनी गम्भीर घाइते भएका थिए । उनको बागमती मोडेल अस्पताल कर्मैयामा सामान्य उपचारपछि बारास्थित एलएस न्यूरो अस्पतालमा ल्याइएको थियो ।
उपचारकै क्रममा उनको मृत्यु भएको सर्लाही प्रहरीले जानकारी दिएको छ । मोटरसाइकल नियन्त्रणमा रहेको र घटनाबारे आवश्यक अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।