ट्रेन्डिङ

पर्साको भेडियाहीमा कांग्रेस उम्मेदवार रुंग्टाको घरदैलो, विकास र सुशासनको प्रतिबद्धता दोहोर्‍याए

वीरगन्ज । कांग्रेस उम्मेदवार अनिल रुंग्टाले आफ्नो निर्वाचन क्षेत्रअन्तर्गत भेडियाहीमा घरदैलो कार्यक्रम सम्पन्न गरेका छन्।

नेपाली कांग्रेस पर्सा क्षेत्र नम्बर–१ का उम्मेदवार रुंग्टाले स्थानीय मतदातासँग भेटघाट तथा संवाद गर्दै विकास, रोजगारी, शिक्षा र स्वास्थ्यलाई प्राथमिकतामा राख्ने प्रतिबद्धता व्यक्त गरे।

घरदैलोका क्रममा उनले समुन्नत भेडियाही र समुन्नत पर्सा निर्माणका लागि दीर्घकालीन योजना र पारदर्शी कार्यशैली आवश्यक रहेको उल्लेख गरे।

स्थानीय पूर्वाधार विस्तार, युवालाई रोजगारी सिर्जना, गुणस्तरीय शिक्षा र सहज स्वास्थ्य सेवा आफ्नो मुख्य एजेन्डा रहेको उनको भनाइ थियो।

उम्मेदवार रुंग्टाले यसपटक रुख छापमा मतदान गरी विकास, स्थायित्व र सुशासनको पक्षमा निर्णय गर्न मतदातासँग आग्रह गरेका छन्।

घरदैलो कार्यक्रममा स्थानीय बासिन्दाको उत्साहजनक सहभागिता रहेको जनाइएको छ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै