वीरगन्ज । नेपाली बजारमा सुनचाँदीको मूल्यमा उल्लेख्य वृद्धि भएको छ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला ५ हजार ६०० रुपैयाँले बढेर ३ लाख २० हजार ५०० रुपैयाँ कायम भएको छ।
गत शुक्रबार छापावाल सुन प्रतितोला ३ लाख १४ हजार ९०० रुपैयाँमा कारोबार भएको थियो।
यस्तै, चाँदीको मूल्य पनि उकालो लागेको छ। आज चाँदी प्रतितोला २ सय ४५ रुपैयाँले बढेर ५ हजार ९८५ रुपैयाँ कायम भएको महासङ्घले जनाएको छ।
शुक्रबार चाँदी प्रतितोला ५ हजार ७४० रुपैयाँमा कारोबार भएको थियो।
अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार विश्व बजारमा पनि सुनको मूल्य उच्च विन्दुमा कारोबार भइरहेको छ।
आज अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔँस ५ हजार २७८ अमेरिकी डलरमा किनबेच भइरहेको छ भने सेतो धातु (चाँदी) प्रतिऔँस ९४ अमेरिकी डलरमा कारोबार भइरहेको बताइएको छ।
अन्तर्राष्ट्रिय बजारमा भएको उतारचढावको प्रत्यक्ष प्रभाव आन्तरिक बजारमा देखिएको व्यवसायीहरू बताउँछन्।