वीरगन्ज । फागुन २१ गते हुने निर्वाचनलाई लक्षित गर्दै नेपाली कांग्रेसले वीरगन्जमा बृहत् आमसभा आयोजना गर्ने भएको छ।
आमसभालाई सम्बोधन गर्न पार्टीका सभापति गगन थापा फागुन १६ गते वीरगन्ज आउने कार्यक्रम तय भएको छ।
कांग्रेस पर्साका सभापति जनार्दन सिंह क्षेत्री का अनुसार फागुन १६ गते शनिबार वीरगन्जको बीपी उद्यान (घण्टाघर नजिक) मा आमसभा आयोजना गरिनेछ।
उक्त कार्यक्रममा सभापति थापासँगै पार्टीका अन्य शीर्ष नेताहरूले पनि सम्बोधन गर्नेछन्।
निर्वाचनको माहोल तातिँदै जाँदा कांग्रेस पर्साले चारै वटा निर्वाचन क्षेत्रबाट नेता–कार्यकर्ता तथा समर्थकहरूलाई उतारेर वीरगन्जमा शक्ति प्रदर्शन गर्ने तयारी गरेको जनाएको छ।
आमसभालाई सफल बनाउन जिल्लाभर तयारी तीव्र पारिएको पार्टीले जानकारी दिएको छ।