वीरगन्ज । निर्वाचन रिपोर्टिङ र पत्रकार आचारसंहिता विषयक आज वीरगन्जमा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।
नेपाल पत्रकार महासंघको आयोजनामा एक दिने अभिमुखीकरण कार्यक्रमको आयोजना गरिएको हो । मधेसमा क्रियाशील पत्रकारहरुका लागि निर्वाचनको बेला कसरी रिपोर्टिङ भन्ने विषयमा जानकारी दिने उद्देश्यले अभिमुखीकरण कार्यक्रम आयोजना गरिएको नेपाल पत्रकार पत्रकार महासंघले जनाएको छ ।
२१ फागुनमा हुने निर्वाचनलाई लिएर क्रियाशील पत्रकारहरु चुनावी रिर्पोिर्टङमा अझ दक्ष बनाउनका लागि अभिमुखीकरण कार्यक्रम आयोजना गरिएको पर्सा पत्रकार महासंघका अध्यक्ष ओमप्रकाश खनालले बताए ।
निर्वाचनमा के के विषयमा ध्यान दिने ? कस्ता कस्ता समाचार सम्प्रेषण गर्ने तथा कसरी जनमुखी पत्रकारिता ? यी विषयहरु बारे सहभागीहरुलाई जानकारी गराइएको थियो । नेपाल पत्रकार महासंघकी उपाध्यक्ष नितु पंडितले पत्रकार महासंघको आचारसंहिताको पालना गरेर निर्वाचनमा पत्रकारिता गर्न आग्रह गरेकी थिइन ।
अभिमुखीकरण कार्यक्रमको प्रशिक्षण समेत गरिरहेकी उपाध्यक्ष पंडितले पत्रकारहरुले आचारसंहिताको पालना नगर्दा धेरै कठिनाइहरु भोग्नुपरेको अवस्था सृजना भइरहेकोले मधेसमा त्यसबारे जानकारी गराइ सचेत राख्नका लागि महासंघले अभिमुखीकरणको आयोजना गरेको प्रष्टयाएकी थिइन् ।
उनका अनुसार पत्रकारले आफ्नो आचारसंहिताको पालना गरेर समाचार सम्प्रेषण ग¥यो भने धेरै समस्या समाधान हुनेछ । अभिमुखीकरण कार्यक्रममा मधेस प्रदेशमा क्रियाशील पत्रकारहरुको उल्लेखनीय सहभागिता रहेको थियो ।