काठमाण्डौँ । सरकारले फागुन २० गतेदेखि २२ गतेसम्म सार्वजनिक बिदा दिने भएको छ ।
सिंहदरबारमा मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले यस्तो निर्णय गरेको हो ।
सरकारले प्रतिनिधिसभा निर्वाचनका लागि ३ दिन सार्वजनिक बिदा दिने निर्णय गरेको हो । निर्वाचन आयोगको सिफारिस अनुसार निर्वाचनका लागि फागुन २० देखि २२ गते सम्म सार्वजनिक विदा दिने निर्णय गरेको हो ।
प्रतिनिधिसभा निर्वाचन यहि फागुन २१ गते देशैभर हुँदैछ ।