ट्रेन्डिङ

सुनको मूल्य तोलामा ४ हजार ३ सयले महँगियो, चाँदी पनि उकालो

काठमाडौं । नेपाली बजारमा बिहीबार सुनचाँदीको मूल्यमा उल्लेख्य वृद्धि भएको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला ३ लाख ४ हजार ७ सय रुपैयाँ कायम भएको छ।

अघिल्लो दिन बुधबार सुन प्रतितोला ३ लाख ४ सय रुपैयाँमा कारोबार भएको थियो।

यसअनुसार आज सुनको मूल्य प्रतितोला ४ हजार ३ सय रुपैयाँले बढेको हो।

महासंघका अनुसार आज सुनको मूल्य प्रतिदश ग्राम २ लाख ६१ हजार २ सय ३० रुपैयाँ तोकिएको छ।

बुधबार प्रतिदश ग्राम २ लाख ५७ हजार ५ सय ४५ रुपैयाँ रहेको थियो।

यस्तै, चाँदीको मूल्यमा पनि वृद्धि भएको छ। बिहीबार चाँदी प्रतितोला ५ हजार ६० रुपैयाँ कायम भएको छ, जुन बुधबार ४ हजार ८ सय ८० रुपैयाँ थियो।

प्रतिदश ग्राम चाँदीको मूल्य आज ४ हजार ३ सय ३८ रुपैयाँ पुगेको छ भने बुधबार ४ हजार १ सय ८४ रुपैयाँ रहेको थियो।

अन्तर्राष्ट्रिय बजारमा देखिएको उतारचढावको प्रत्यक्ष प्रभाव नेपाली बजारमा समेत परेको महासंघले जनाएको छ।

विश्व बजारमा मूल्यमा आएको परिवर्तनसँगै स्थानीय बजारमा पनि सुनचाँदीको भाउ समायोजन हुने गरेको छ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै