ट्रेन्डिङ

जनकपुरमा कांग्रेसको ‘प्रतिज्ञा सभा’ सुरु, घोषणापत्र आजै सार्वजनिक

जनकपुर । नेपाली कांग्रेसले जनकपुरमा ‘प्रतिज्ञा सभा’ आयोजना गर्दै औपचारिक कार्यक्रम सुरु गरेको छ।

बुधबार आयोजित सभामा पार्टीका सभापति गगन थापा, उपसभापति विश्वप्रकाश शर्मालगायत शीर्ष नेताहरूको उपस्थिति रहेको छ।

सभामार्फत कांग्रेसले आफ्नो चुनावी घोषणापत्र सार्वजनिक गर्ने कार्यक्रम रहेको छ।

पार्टीले घोषणापत्रलाई ‘प्रतिज्ञापत्र’ नाम दिएको छ, जसमा आगामी प्रतिनिधिसभा निर्वाचनका लागि आफ्ना प्रमुख एजेन्डा र प्रतिबद्धता समेटिने बताइएको छ।

कांग्रेसका अनुसार सभामा हजारौँ कार्यकर्ता तथा समर्थकको सहभागिता रहनेछ।

जनकपुर केन्द्रित यो कार्यक्रमलाई पार्टीले चुनावी अभियानको महत्वपूर्ण शक्ति प्रदर्शनका रूपमा लिएको छ।

आगामी फागुन २१ गते प्रतिनिधिसभा निर्वाचन हुने तय भएको छ।

निर्वाचन नजिकिँदै जाँदा प्रमुख दलहरूले चुनावी सभालाई तीव्रता दिइरहेका छन्।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै