ट्रेन्डिङ

रास्वपा ‘फुल गियर’मा, पर्साको इनरवाबाट हरि पन्तको शक्ति प्रदर्शन

वीरगन्ज । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) पर्साले इनरवामा आफ्नो सम्पर्क कार्यालय स्थापना गरेको छ।

पार्टीका पर्सा सभापति तथा पर्सा–१ का उम्मेदवार हरि पन्तले बुधबार एक कार्यक्रमबीच कार्यालयको औपचारिक उद्घाटन गरेका हुन्।

उद्घाटन समारोहलाई सम्बोधन गर्दै पन्तले इनरवाबासीले आफूलाई दिएको साथ, सहयोग र मायाप्रति कृतज्ञता व्यक्त गरे।

“इनरवा मेरो लागि विशेष स्थान हो। यहाँका नागरिकले देखाएको विश्वास र माया कहिल्यै बिर्सिन्न,” उनले भने, “यही माया र भरोसाले रास्वपालाई बलियो बनाएको छ। अब परिवर्तनको अभियानलाई अझ तीव्र बनाउनेछौँ।”

उनले इनरवाबाटै रास्वपाको संगठन विस्तारलाई गति दिने र जनताका मुद्दालाई प्राथमिकतामा राखेर अघि बढ्ने प्रतिबद्धता व्यक्त गरे।

पन्तका अनुसार सम्पर्क कार्यालयले स्थानीयस्तरमा पार्टी गतिविधि समन्वय, नागरिक गुनासो संकलन र संगठन सुदृढीकरणमा महत्त्वपूर्ण भूमिका खेल्नेछ।

बिजय साहको सभापतित्वमा सम्पन्न उद्घाटन कार्यक्रमको सहजीकरण सन्तोष पटेलले गरेका थिए।

कार्यक्रममा महानगर सभापति अमन आलम, जिल्ला सचिव सुदिश प्रजापती, दिलिप कुर्मी, मुकेध पटेललगायत स्थानीय नेता–कार्यकर्ताको उपस्थिति रहेको थियो।

रास्वपाले पर्सा–१ मा चुनावी गतिविधि तीव्र बनाइरहेका बेला इनरवामा सम्पर्क कार्यालय स्थापना गरिएको हो।

पार्टीले यसलाई संगठन विस्तार र जनसम्पर्क सुदृढीकरणको रणनीतिक कदमका रूपमा लिएको जनाएको छ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै