ट्रेन्डिङ

वीरगन्जमा जनमतका ओमप्रकाश सरार्फको घरदैलो, भने – किसानको पसिनाको सुनिश्चितताका लागि हामीलाइ भोट दिनुहोस्

वीरगन्ज । पर्सा निर्वाचन क्षेत्र नम्बर–१ बाट जनमत पार्टीका उम्मेदवार ओमप्रकाश सरार्फले वीरगन्ज महानगरपालिका–१८ र २१ मा सघन घरदैलो तथा जनसंवाद गरेका छन्।

सो क्रममा उनले तराई–मधेसको मुख्य आयस्रोत कृषि भए पनि राज्यले किसानमाथि निरन्तर विभेद र उपेक्षा गर्दै आएको आरोप लगाए।

‘’किसानको पसिनामा देश चलेको छ, तर नीति निर्माणमा किसान सधैं पछाडि पारिएका छन्,” उनले भने, “किसानको सम्मान, सुरक्षा र अधिकार सुनिश्चित गर्नु अबको पहिलो प्राथमिकता हो।”

सरार्फले खेती–किसानीलाई आधुनिक र व्यवसायिक बनाउँदै उत्पादन वृद्धि र आम्दानी विस्तार गर्ने ठोस कार्ययोजना आफूहरूसँग मात्र रहेको दाबी गरे। सिँचाइ, बीउ–बिजन, मलखाद, सहुलियत ऋण र बजार व्यवस्थापनलाई एकीकृत ढंगले लागू गरिने बताउँदै उनले कृषि क्षेत्रलाई आत्मनिर्भर र प्रतिस्पर्धी बनाउने प्रतिबद्धता जनाए।

उनले देश र मधेसको दीर्घकालीन निकासका लागि स्पष्ट दृष्टिकोण जनमत पार्टी र पार्टीका अध्यक्ष सीके राउतसँग मात्र रहेको जिकिर गर्दै हर्न छापमा मतदान गर्न अपिल गरे।

कार्यक्रममा रम्भा मिश्रा, समानुपातिक उम्मेदवार विजय पासवान, श्याम शंकर चौरसिया, अनिता रौनियार, सत्युग साह, तुल्सीराम, सहनवाज राकी, अजित सिंह, मन्जय शर्मा, सुमित सिंह, रामबहादुर पासवान, सन्तोष पासवानलगायतका नेताहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

जनमत पार्टीले पर्सा–१ मा कृषि, रोजगारी र सुशासनलाई मुख्य एजेन्डा बनाएर चुनावी अभियान तीव्र बनाएको जनाएको छ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै