ट्रेन्डिङ

बाराको फेटा बजारबाट उम्मेदवार सन्जु साहको घरदैलो शुभारम्भ, पूर्वमुख्यमन्त्री जितेन्द्र सोनल मैदानमा

वीरगन्ज । जनता समाजवादी पार्टी, नेपाल (जसपा नेपाल) का तर्फबाट बारा क्षेत्र नम्बर–४ का उम्मेदवार सन्जु साहले चुनावी घरदैलो अभियान सुरु गरेका छन्।

निर्वाचन क्षेत्र नम्बर- ४ अन्तर्गत फेटा बजारबाट आज औपचारिकरूपमा घरदैलो कार्यक्रमको शुभारम्भ गरिएको हो।

उम्मेदवार साहले स्थानीय मतदातासँग प्रत्यक्ष भेटघाट गर्दै आफ्ना एजेण्डा प्रस्तुत गरेका थिए।

घरदैलो अभियानमा मधेश प्रदेशका पूर्वमुख्यमन्त्री जितेन्द्र सोनल स्वयं सहभागी हुँदै चुनावी कमाण्ड सम्हालेका छन्।

उनले कार्यकर्ता तथा मतदातालाई छाता चुनाव चिन्हमा मतदान गरी सन्जु साहलाई विजयी बनाउन आग्रह गरे।

फेटा बजार क्षेत्रमा आयोजित जनदर्शन कार्यक्रममा स्थानीयको उल्लेखनीय उपस्थिति देखिएको थियो।

साहले विकास, रोजगारी र क्षेत्रको समग्र समृद्धिलाई प्राथमिकतामा राख्दै आफूलाई समर्थन गर्न अपिल गरे।

निर्वाचन नजिकिँदै जाँदा बारा–४ मा चुनावी माहोल तातिँदै गएको छ भने जसपा नेपालको घरदैलो अभियानले गति लिएको देखिन्छ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै