वीरगन्ज । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट पर्सा क्षेत्र नम्बर–१ का उम्मेदवार हरि पन्तलाई ताजपुरमा उत्साहपूर्ण स्वागत गरिएको छ।
घरदैलो तथा मतदाता भेटघाटका क्रममा स्थानीयले चोक–चौतारीमै घण्टी चिन्ह बनाएर पन्तप्रति समर्थन जनाएका हुन्।
ताजपुरका विभिन्न सार्वजनिक स्थलहरूमा स्थानीयले फरक–फरक रङ प्रयोग गरी रास्वपाको चुनाव चिन्ह ‘घण्टी’ अंकित गर्दै स्वागत गरेका थिए।
उम्मेदवार पन्त घरदैलोमा पुग्दा घण्टी चिन्हसहितको प्रदर्शनले चुनावी माहोल थप उत्साहित बनेको देखिन्थ्यो।
भेटघाटका क्रममा अधिकांश मतदाताले यसपटक मुलुकमा परिवर्तन अपरिहार्य रहेको धारणा राख्दै राष्ट्रिय स्वतन्त्र पार्टी परिवर्तनको संवाहक शक्ति भएको बताए।
उनीहरूले घण्टी चिन्हमा मतदान गर्ने प्रतिबद्धता पनि व्यक्त गरेका थिए।
कार्यक्रमलाई सम्बोधन गर्दै पन्तले रास्वपाको जित समग्र देशको जित हुने दाबी गर्दै यसपटक घण्टी चिन्हमा मतदान गरी परिवर्तनको अभियानलाई सफल बनाउन आग्रह गरे।
घरदैलो कार्यक्रममा स्थानीयको उल्लेख्य उपस्थिति रहेको थियो।