काठमाडौँ । नेपाली बजारमा बिहीबार सुनको मूल्यमा सामान्य गिरावट देखिएको छ भने चाँदीको भाउ भने बढेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला ३ लाख ६ हजार ५०० रुपैयाँमा कारोबारका लागि निर्धारण गरिएको छ।
बुधबार प्रतितोला ३ लाख ६ हजार ६०० रुपैयाँ रहेको सुन आज १०० रुपैयाँले सस्तिएको हो।
यता, चाँदीको मूल्यमा भने वृद्धि भएको छ। अघिल्लो दिन प्रतितोला ५ हजार २९० रुपैयाँमा कारोबार भएको चाँदी आज ५० रुपैयाँले बढेर ५ हजार ३४० रुपैयाँ पुगेको महासंघले जनाएको छ।
अन्तर्राष्ट्रिय बजारमा देखिने दैनिक उतारचढावको प्रभावका आधारमा आन्तरिक बजारमा सुन तथा चाँदीको मूल्य समायोजन हुने गरेको महासंघको भनाइ छ।